खानेपानीमन्त्रीको निर्देशन: प्रत्येक घर-घरमा पानी आए नआएकोबारे बुझ्नुस्, समस्या भए समाधान गर्नुस्
nagariknews.nagariknetwork.com · Thu Nov 21 14:36:28 GMT 2024

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौं उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन्।
मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेका कारण पानी सहज रुपमा वितरण हुन नसकेको जानकारी आएपछि मन्त्री यादवले पानी नजानुका कारण र उपत्यकावासीका धारामा पानी पुगे नपुगेकाबारे स्थलगत निरीक्षण गर्न आज मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)