कान्तिपुर पब्लिकेशन्स् र ट्रेड युनियनबीच थप सहमति
ekantipur.com · Sun Aug 06 17:53:20 GMT 2023
काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् लिमिटेड व्यवस्थापन र आन्दोलनरत ट्रेड युनियनहरुबीच थप सहमति भएको छ । पब्लिकेशन्स्को मुख्य कार्यालय थापाथलीमामा आइतबार भएको दुई पक्षीय वार्तामा कटौती र करार अवधि थप्ने वितरकवहाकका नामावली सूची तयार पार्ने, संस्था छाड्दा सेवा अवधिको आधारमा आर्थिक प्याकेज दिनेलगायत बुँदामा सहमति भएको हो ।
पत्रिका वितरण रोकेर आन्दोलनरत ट्रेड युनियनबीच यही साउन १४ गते पहिलो चरणमा कान्तिपुर व्यवस्थापनले आन्दोलनका दौरान विभागीय कारबाही लागि प्रक्रिया सुरु गरिएका वितरकवहाक र प्वाइन्ट इन्चार्जहरुका सम्बन्धमा उक्त प्रक्रिया फिर्ता गर्ने, व्यवस्थापन र ट्रेड युनियनका प्रतिनिधिहरु सम्मिलित एक समितिमार्फत सात दिनभित्र संस्थाको आर्थिक अवस्था लगायतका विषय र आपसी छलफलबाट टुंगो लगाउने सहमति भएको थियो । सोही सहमतिका आधारमा आज थप सहमतिहरु भएको वार्तामा सहमतिपत्रमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)