मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पेचिलो बन्दै बिआरआई, सत्ता गठबन्धनमा खटपट आएको हो ?

barnanmedia.com · Thu Nov 21 21:33:16 GMT 2024

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै जाँदा नेपालमा चीन सरकारको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) पेचिलो बनेको छ। प्रधानमन्त्री ओली १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा रहने तयारी छ। तर, मुख्य मुद्दा बिआरआईलाई लिएर सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ। सरकारको नेतृत्व गरिरहेको एमाले बिआरआई ऋण परियोजनामा हस्ताक्षर गर्ने पक्षमा छ। सँगसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा लिइएको ऋणलाई सकेसम्म अनुदानमा परिणत गराउने नसके न्यून ब्याजको ऋणमा परिणत गराउने दाउमा छ। तर, मुख्य सत्ता साझेदार कांग्रेस भने बिआरआईलाई ऋण परियोजनाका रुपमा कुनै पनि हालतमा स्वीकार नगर्ने पक्षमा छ। कतिसम्म भने यही कारणले मंगलबार मन्त्रिपरिषद् बैठक नै स्थगित भयो। प्रधानमन्त्री ओलीले मंगलबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बिआरआईका विषयमा स्पष्ट हुन खोजेपछि मंगलबार मध्य रातिसम्म दुई दलका नेताहरुबीच छलफल चलेको थियो। देउवाले ऋण परियोजनाका नाममा कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट सन्देश पनि दिएका छन्। देउवाले त्यसअघि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल पनि गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)