‘चुरेको बालुवा—गिट्टी निर्यात गर्ने विधेयक फिर्ता होस्’
annapurnapost.com · Tue Dec 12 00:30:16 GMT 2023
काठमाडौं : जनता समाजवादी पार्टीले चुरेको भावर क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकासीका लागि प्रतिनिधि सभामामा पेस गरेको विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ।
पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो माग गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए। ‘चुरे र वातावरण बुझ्दै नबुझ्नेहरूले हचुवाको भरमा बालुवा—गिट्टी निर्यात गर्नेसम्बन्धी विधेयक बनाएर संसद्मा पेस गरेका छन्’, प्रवक्ता सुमनले भने, ‘सरकारलाई यो विधेक फिर्ता लिन हामीले आग्रह गरेका छौं। सरकारले विधक फिर्ता नलिए सदनमा प्रतिवाद गर्छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)