सीताको वरीयतामा सुधार
thahakhabar.com
काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टिमकी सदस्य सीता राना मगरले व्यक्तिगत तर्फ टी-२० वरीयतामा सुधार गरेकी छिन्। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीताले दुई स्थान सुधार गरेकी हुन्।
उनी महिला तर्फको ब्याटिङ वरीयतामा ६२ औँ स्थानमा उक्लिएकी हुन्। ब्याटिङतर्फ नै नेपालकी ज्योति पाण्डेले शीर्ष सय स्थान गुमाएकी छिन्। यसअघि शीर्ष १०० मा अटाएकी सीता यो पटक पर्न असफल रहिन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)