ए डिभिजन लिग: १९ औं चरणको अन्तिम खेलमा सातदोबाटोले थ्री स्टारलाई हरायो
deshsanchar.com · Sat May 20 15:20:53 GMT 2023
काठमाडौं-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ। १९ औं चरणको अन्तिम खेलमा सातदोबाटोले थ्री स्टारलाई २-० ले पराजित गर्दै चौंथो स्थानमा उक्लिन सफल भयो। उसले थ्रीस्टारलाई ३ अङ्कले पछि पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सातदोबाटोको जितमा दुवै गोल विलियम ओपोकुले गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा सातदोबाटो विरुद्ध थ्री स्टारले पाएका केही राम्रा मौका चुकाउन पुग्दा गोल गर्न असफल भयो। तर सातदोबाटोले सिमित अवसरमा गोल गर्दै महत्वपूर्ण तीन अङ्क हासिल गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)