लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो
barnanmedia.com · Thu Apr 09 23:00:58 GMT 2026

अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि इजरायलले लेबनानमाथि आक्रमण गरिरहेको छ ।
इजरायलले लेबनानमा इरान समर्थित विद्रोही समूह हिजबुल्लाहमाथिको आक्रमणलाई झनै तीव्र बनाएको हो ।युद्धविराम सहमति भए पनि इजरायल–लेबनान द्वन्द्व कायमै रहँदा क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको सङ्केत देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।लेबनानको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा २ सय ३ जनाको ज्यान गएको र १ हजारभन्दा धेरै घाइते भएका जनाएको छ ।इरानले लेबनानमाथि इजरायली आक्रमणलाई युद्धविराम सम्झौताको उल्लङ्घन भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)