मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रेरक प्रसंग : मैलो र दुर्गन्धित कपडा

nayapatrikadaily.com · Tue Oct 10 00:10:00 GMT 2023

जापानको ओसाका सहरनजिकैको गाउँमा एक बौद्ध भिक्षु बस्थे । उनको ख्याति पूरै देशभर फैलिएको थियो । टाढाटाढाबाट मानिस उनीसित भेटघाट गर्न र आफ्ना समस्याको समाधान खोज्न आउने गर्थे ।

एक दिनको कुरा हो, भिक्षु आफ्ना एक अनुयायीका साथ प्रातकालीन भ्रमण गर्दै थिए । अचानक गाउँका एक व्यक्ति नजिक आएर भिक्षुलाई चर्को गालीगलोज गर्न थाले । उनले जानेजति अपशब्द प्रयोग गर्दै भिक्षुलाई गाली गरिरहे । तर, भिक्षु भने उनको कुरा सुन्दै नसुनेजस्तो गरी मुस्कुराउँदै बिहानी भ्रमणको मजा लिँदै हिँडिरहे । भिक्षुको यस्तो चाला देख्दा ती गाउँले झनै आक्रोशित बने र भिक्षुका पुर्खालाई समेत जोडेर गालीगलोज गर्न थाले । तैपनि, भिक्षु शान्तभावले मुस्कुराउँदै अघि बढिरहे । भिक्षुमाथि आफ्नो गालीको कुनै प्रभाव नपरेको देखेर ती गाउँले निराश भए र आफैँ भिक्षुको बाटोबाट हटे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)