मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वित्तीय सूचक स्वस्थ र सन्तुलित

gorkhapatraonline.com · Fri Nov 17 06:57:59 GMT 2023

काठमाडौँ, मङ्सिर १ गते । सरकारी स्वामित्वको नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड ८७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८७ औँ वार्षिकोत्सवका अवसरमा आमनेपालीलाई सरल र सहज रूपमा अझ बढी प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैङ्किङ सेवा प्रदान गर्दै राष्ट्रको उन्नति र प्रगतिमा अझ धेरै सहकार्य गर्ने र देशकोे आर्थिक निर्माणमा सारथि बन्ने प्रतिबद्धता बैङ्कले व्यक्त गरेको छ ।

हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी बाह्य स्रोतसमेत करिब तीन हजार छ सय कर्मचारीमार्फत आधुनिक बैङ्किङ सेवा विस्तारमा आव्रmामक ढङ्गले प्रस्तुत भएको जनाउँदै बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारी बैङ्कले २२८ शाखामार्फत कारोबार, २०४ वटा एटिएम तथा ५८ वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको बताउनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)