सन्दीप लामिछानेको कप्तानीमा नेपालले उचाल्यो उपाधि
annapurnapost.com · Tue Apr 05 00:44:00 GMT 2022
काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा नेपालले टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ। गत मंसिरमा सन्दीपले राष्ट्रिय टोलीको कप्तानी सम्हालेयता नेपालले पहिलो शृंखला जितेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले गत मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले शृंखला जितेको हो। १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १६.१ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)