युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
ratopati.com · Sun Jun 14 09:57:35 GMT 2026

काठमाडाैँ । बेलायतले सको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ। बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो।
मन्त्रालयका अनुसार आइतबार करिब ६ घण्टा लामो संयुक्त अपरेसन सञ्चालन गरिएको थियो। अपरेसनमा चिनुक हेलिकप्टर, फ्रिगेट एचएमएस साउथह्याम्पटन लगायतका नौसैनिक जहाज र हवाई साधनहरू सहभागी थिए । सो क्रममा रोयल मरीन कमान्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष तालिमप्राप्त कानून प्रवर्तन अधिकारीहरूले एसएमवाइआरटिओएस नामक जहाजमा चढेर नियन्त्रण लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)