दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईंको विवादास्पद अभिव्यक्ति: राजा हटाउन लिङ्देन पनि सहभागी भएको आरोप
nagariknews.nagariknetwork.com · Sun Jun 14 09:47:45 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजदरबार हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएका छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्दै आइआरआइ र एनएबि लागेर राजा महेन्द्र सहित राजा विरेन्द्रको परिवारको हत्या गरेको बताएका हुन्।
प्रसाईँले राप्रपा नेता राजेन्द्र लिङदेन पनि आइआरआइका सदस्य रहेको भन्दै राजालाई राजगद्धीबाट हटाउने र देशमा संघीयता भित्र्याउन भुमिका खेलेको बताएका हुन्।
पत्रकार सम्मेलनमा उनले देशका प्रमुख राजनीतिक नेताहरूलाई ‘गद्दार’ भन्दै राष्ट्रिय हितविपरीत काम गरेको बताएका हुन्। विदेशमा सम्पत्ति राख्ने र देशको हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाएका हुन्।
उनले भने,‘ तपाईहरुले कमाएको पैसा काम लाग्दैन, तपाईहरु आमा बेच्ने हो। तपाईहरु छोरी बेच्ने हो। तपाईहरु देश बेच्ने भनेको आमा र छोरी बेच्ने हो । तपाईहरु अपराधी हो।’
प्रसाईँले नेपाल–भारत सीमा विवादको विषयमा बोल्दै सरकारले राजदरबार हत्याकाण्डको अनुसन्धानको विषयलाई जनताको ध्यान अन्यत्र मोड्ने माध्यमका रूपमा प्रयोग गरेको बताए।
उनले राजसंस्था र हिन्दुराष्ट्रको अन्त्य गराउन भूमिका खेलेका शक्तिहरूमाथि विश्वास गरेर राजसंस्था पुनर्स्थापना हुने अपेक्षा जनताले गरेको बताए।
‘जुन संस्थाले राज संस्था सक्यो । जुन संस्थाले हिन्दु राज्य सक्यो । जुन संस्थाले सिंहदरबारमा आगो लगायो टिओेबि ग्रुप। दलाई लामाको ग्रुप त्यहि संस्थाले राजसंस्थाको हत्यारा पत्ता लगाएर राजा ल्याइदिन्छ भन्दा मख्य परेका छन्’ उनले भने ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
दुर्गा प्रसाईं