नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज
barnanmedia.com · Mon Oct 28 22:35:00 UTC 2024

काठमाडाैँ, १३ कात्तिकः घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ । साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई सहज भएको हो ।
आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हटेको छ । बिरामी हुँदा टाढा जानुपर्ने बाध्यता हटेपछि समय र पैसा पनि बचत भएको घोडाघोडी–६ का कृष्णबहादुर विकले बताउनुभयो । “आफ्नै गाउँ नजिकै धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “अब धनगढी, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)