माटाको पाला बनाउन व्यस्त कुमाल समुदाय
barnanmedia.com · Mon Oct 28 22:37:26 UTC 2024

काठमाडाैँ, १३ कात्तिक : बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ आसपास हो ।
कुमाल समुदायसँग पुख्र्यौली रुपमा माटाका भाँडाकुँडा बनाउने सीप हुन्छ । तिहारअघि बिहानदेखि साँझसम्म परिवारका सबै सदस्य यही काममा व्यस्त हुन्छन् । युवाभन्दा वृद्धवृद्धा पाला बनाउने माटो मुछ्ने र चक्रमा आकार दिने काम गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)