मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का गरिने 

abhiyandaily.com

असार २०, काठमाडौं । नेपाल डिपि लिमिटेडले डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७८/०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइल मार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्ति मार्फत भुक्तानी गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)