पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
ratopati.com · Thu Jun 04 08:37:36 GMT 2026

पोखरा । पोखराको फोहोर फाल्ने ठाउँमा ग्रिनेट भेटिएको छ। पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन गर्ने ठाउँमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली त्यसतर्फ लागेको छ।
महानगरपालिकाको फोहोर बोक्ने गाडी ग १ ख ५४३७ मार्फत रातो पहिरो क्षेत्रबाट बिहीबार फोहोर सङ्कलन गर्ने क्रममा ग्रिनेट फेला परेको हो। प्रहरीका अनुसार फोहोरमा कवाडी खोज्ने क्रममा रिमा शेर्पाले ग्रिनेट भेटेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)