भक्तपुरमा दलहरू घरदैलो अभियानमा
ratopati.com
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारका लागि घरदैलो गर्न पाउने छुट दिएपछि भक्तपुरका प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरूले आजदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
निर्वाचन आचारसंहिताले कात्तिक १८ गतेदेखि घरदैलोमार्फत निर्वाचनको प्रचारप्रसार गरी मत माग्न पाउने व्यवस्था गरेको छ । सोहीअनुसार भक्तपुरका सत्ता गठबन्धन, नेकपा (एमाले) र नेमकिपालगायत दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)