धानको समर्थन मूल्य तोकियो
gorkhapatraonline.com · Wed Jul 12 05:58:19 GMT 2023
काठमाडौँ, असार २७ गते । सरकारले मोटा र मध्यम धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँ तोक्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मध्यम धानको समर्थन मूल्य तीन हजार ३६२ रुपियाँ तोक्ने निर्णय भएको बताउनुभयो। उहाँका अनुसार यो मूल्य पहिलेकोभन्दा साढे दुई सय रुपियाँले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)