युक्रेनका राष्ट्रपति जेलेन्स्की राजनीतिक र सैन्य दबाबबीच सङ्कटको घेरामा
barnanmedia.com · Fri Nov 21 21:35:00 GMT 2025

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की रुसको विनाशकारी पूर्ण-स्तरीय आक्रमण सुरु भएको करिब चार वर्षपछि देशलाई नेतृत्व दिने आफ्नो क्षमताको कडा परीक्षामा परेका छन् । भ्रष्टाचार काण्ड, राजनीतिक अशान्ति, अमेरिकी-रुसी नयाँ शान्ति प्रस्ताव र युद्धभूमिको कष्टकर अवस्थाबीच उहाँमाथि दबाब दिन प्रतिदिन बढ्दै गएको छ ।
एक साताभन्दा बढी समयदेखि राष्ट्रपति जेलेन्स्की शीर्ष अधिकारी तथा नजिकका सहयोगीहरू संलग्न भएको भनिएको करिब १० करोड डलरको ठूलो भ्रष्टाचार काण्डको असर नियन्त्रण गर्न निरन्तर सङ्घर्षरत छन् । यसबीच संयुक्त राज्य अमेरिकाले युक्रेनबाट व्यापक सहुलियत माग्ने तर रुसलाई थोरै मात्र प्रतिबद्धता प्रदान गर्ने नयाँ शान्ति प्रस्ताव अघि बढाएको छ, जसले जेलेन्स्कीमाथि थप दबाब सिर्जना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)