मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुभाष लामिछाने एनआरएनए जापानको अध्यक्षमा निर्वाचित

ratopati.com · Sun Jul 27 18:25:00 GMT 2025

टोकियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि सम्पन्न निर्वाचनबाट सुभाष लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त विजय हासिल गरे । उनले प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई १ हजार ९ सय ५९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ५ हजार १ सय ९३ मत पाएका थिए।

वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल विजयी भएका छन्। उनले ६ हजार ४ सय १८ मत प्राप्त गर्दै प्रतिस्पर्धी कृष्ण गैरे शर्मालाई ४ सय ९१ मतले पछि पारे। शर्माले ५ हजार ९ सय २७ मत पाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)