मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौडेलद्वारा विशेष महाधिवेशन प्रस्ताव

ekantipur.com · Thu Aug 05 00:46:42 GMT 2021

काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव अघि सारेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेपछि पौडेल पक्षले यस्तो प्रस्ताव अघि सारेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने विकल्प अस्वीकार गर्दै भदौ १६–१९ मै केन्द्रीय महाधिवेशन गराइछाड्ने बताएका छन् ।

क्रियाशील सदस्यताको विवाद मिलाउन बुधबार बसेको शीर्ष तहको बैठकमा पौडेल पक्षले १३ औं महाधिवेशनका प्रतिनिधि सहभागी हुने गरी विशेष महाधिवेशनमार्फत दुई वर्षका लागि तदर्थ समितिको निर्वाचन गराउने प्रस्ताव अघि सारेका हुन् । ‘विकल्प सोच्ने कुरा छैन, भदौमै महाधिवेशन हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘कुनै पनि हालतमा म महाधिवेशन गराइछाड्छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)