चार महिनादेखि बन्द रहँदै आएको हेटौंडा सिमेन्टले फेरि थाल्यो उत्पादन
ratopati.com · Thu Feb 08 00:24:00 GMT 2024
मकवानपुर । विगत चार महिनादेखि बन्द रहँदै आएको हेटौंडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ ।
हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार बिहानबाट उद्योगका सम्पूर्ण मेसिन सञ्चालन गरी सिमेन्ट उत्पादन थालेको हो । हेटौंडा–९ मा रहेको उद्योग सञ्चालनका लागि कोइला अभाव हुँदा गत मङ्सिरदेखि उत्पादन ठप्प भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)