राष्ट्रिय टिमको अनुभव बटुलेका आशिष र सेसेहाङ सहित चार खेलाडी अस्ट्रेलिया तर्फ
deshsanchar.com · Tue Feb 06 17:23:42 GMT 2024
काठामाडौं- लगातार अस्ट्रेलिया पलायन भइरहेका फुटबलरको अर्को चार जनाको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। ३ दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भइसक्दा पुन राष्ट्रिय टिमबाट अनुभव बटुलिसकेका चार फुटबलरले पलायनको बाटो रोजेका हुन।
सुनौलो भविष्यको खोजीमा स्टार फुटबलर आशिष चौधरी, सिमान्त थापा, सेसेहाङ आङदेम्बे, र अनिश देउला अस्ट्रेलिया प्रस्थान गरे। एन्फा भित्रको बढ्दो अराजक्ता बिच फुटबलरहरु निरन्तर विदेशीने क्रम बढ्दो रहेको छ। यसअघि गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सिमान्तले जावलाखेल युथ क्लबको कप्तानको जिम्मेवारी निभाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)