सरिफको शनिबारदेखि बेइजिङ भ्रमण गर्ने
nagariknews.nagariknetwork.com · Thu May 21 14:42:32 GMT 2026

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन्। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।