मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरोको असर जलचरमा

ratopati.com · Thu Feb 16 06:21:00 GMT 2023

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै असर पर्ने अर्को समस्या पनि देखिएको छ। नारायणी नदीलाई बासस्थान बनाएका माछा, गोहीलगायतका जलचरको पारिस्थितिक प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पु-याएको विज्ञहरूको भनाइ छ।

काठमाडौँ विश्वविद्यालय जीवविज्ञान विभागकी उपप्राध्यापक डा. रामदेवी तचामोले त्रिशूली नदीमा नियमितजसो खस्ने पहिरोको प्रत्यक्ष प्रभाव नारायणीमा परेको बताइन्। उनले भनिन् “अहिले नारायणगढ–मुग्लिन सडकखण्डमा झर्ने पहिरोको गेग्रान पनि सिधै त्रिशूलीमा फाल्ने गरिएको छ। यसले जलचरको बासस्थानमै प्रभाव परेको छ।” नारायणीका जलचरको अवस्थाबारे दुई वर्ष अध्ययन गरेकी तचामोले भनिन्, “पहिरोबाट निस्कने बालुवाका कण नदीको सतहमा गएर नदी पुरिँदा त्यहाँको लेउ नासिने अवस्थामा पुगेको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)