कुवेतविरुद्ध दर्शनको गोल
ekantipur.com · Mon Jun 13 01:09:28 GMT 2022
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिम एसियन कप २०२३ छनोटको दोस्रो खेलमा शनिबार कुवेतविरुद्ध ४–१ ले हारेको छ । लगातार दोस्रो हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना औपचारिक रूपमा समाप्त भयो ।
जाबिर अल अहमद रंगशालामा घरेलु टिम कुवेतका लागि युसेफ अल्सुलिमानले दुई गोल गरे भने एकतर्फी खेलमा माहद अलेसिदी र मुबारक अल्फानिनीले पनि गोल गर्न भ्याए । नेपालका लागि दर्शन गुरुङले सान्त्वना गोल गरे । उनले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा प्रहार गरेको बल डिफेन्डरले रोकिदिए र त्यही रिबाउन्डमा फेरि प्रहार गर्दै गोल गरेका थिए । यससँगै उनी कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्ने नेपाली फुटबलर पनि भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)