चार छक्का लगाउँदै आसिफले पाकिस्तानलाई जीत दिलाए, सेमिफाइनल नजिक
ratopati.com
टी–२० विश्वकपमा पाकिस्तानले जीतको ह्याट्रिक लगाउँदै अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जीतसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस्तानले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । जीतमा कप्तान बाबर आजमले शानदार ब्याटिङ गर्दै ५१ रन बनाए । उनी कप्तानका रुपमा पाकिस्तानका लागि टी–२० खेलमा १ हजार रन बनाउने पहिलो खेलाडी बने । कप्तानका रुपमा उनले यो १३ औँ अर्धशतक थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)