ललिता निवास प्रकरणः बहस सकिन १ महिना बढी लाग्ने
rajdhanidaily.com · Wed Jan 24 23:14:08 GMT 2024
काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सात दिनदेखि निरन्तर चलिरहेको छ । ‘हाइप्रोफाइल’ व्यक्ति जोडिएको सो प्रकरणको विशेष अदालतले अन्तिम सुनुवाइ गरिरहेको छ । ११२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्नता रहँदै भ्रष्टाचार गरेको मुद्दा न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा गत २ माघबाट भइरहेको छ ।
हालसम्म सरकारी पक्षबाट बहस गरेको सरकारी वकिलले सबै प्रतिवादीलाई दोषी ठहर गर्नुपर्ने तर्क गरेका छन् । १ सय ७५ जना प्रतिवादी बनाइएको सो मुद्दामा हालसम्म ८ जनाका तर्फबाट बहस भएको छ । यो हिसाबले अझै यो मुद्दामा बहस सकिन एक महिनाभन्दा बढी लाग्ने देखिएको छ । हाइप्रोफाइल व्यक्ति जोडिएको भ्रष्टाचार मुद्दा भएकाले एकै व्यक्तिले बहसका लागि १० जनाभन्दा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू नियुक्त गरेकाले मुद्दाको सुनुवाइ लम्बिन सक्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)