एमाले अध्यक्ष ओलीद्वारा भाईटीकाको शुभकामना
news24nepal.tv · Sat Nov 06 01:10:23 GMT 2021
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शनिबार एक सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । भाई टीकाले दाजुभाई दिदीबहिनीहरुमा आपसी स्नेह र प्रेम थप प्रगाढ बनाएपनि पछिल्लो समय यसमा बिकृति पनि मौलाएको उहाँको ठम्याइ छ । उक्त बिकृतिलाई हटाउनु पर्ने उहाँले सन्देशमार्फत बताउनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)