मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

nayapatrikadaily.com · Thu Feb 03 00:17:00 GMT 2022

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा राँके जुलुस प्रदर्शन गरेको छ । वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जनताको ढाड सेक्ने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल खारेज गर्न माग गरे । केही समयको अन्तरालमा भएको मूल्यवृद्धिले चौतर्फी असर पार्ने उनले बताए । अनेरास्ववियुले काठमाडौंसहित बुटवल, विराटनगर, धनगढी, पोखरालगायत सहरमा प्रदर्शन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)