महिला क्रिकेट टिमको दोस्रो चरणको तयारी दाङकाे लमही मैदानमा गर्ने योजना !
neplays.com
नोभेम्बरमा मलेसियामा हुने महिला टी २० विश्वकप एशिया क्षेत्रीय छनौटका पहिलो चरणमा नेपाली क्रिकेट संघ क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले महिला टिमको तयारीको मिती नतोकेपनि चाँडै गर्ने बताइएको छ । यस्तैमा क्यानले महिला टिमको दोस्रो चरणको तयारी दाङमा गराउने योजना बनाएको छ । जसका लागि दाङको लमही मैदान तयारी पारिदैछ ।
पहिलो चरणको प्रशिक्षण कीर्तिपुर मैदानमा नै गराउने क्यानको योजना छ । क्यानले महिला टिमको मुख्य प्रशिक्षकको जिम्मा पुरुष टिमलाई एकदिवसिय मान्यता दिलाउँदाका कप्तान जगत टमाटालाई दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)