‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त’
ekantipur.com · Mon Sep 19 00:54:46 GMT 2022
काठमाडौँ — सर्वोच्च अदालतको परमादेशअनुसार सरकारले एक महिनाअघि गठन गरेको ११ सदस्यीय नेपाली विज्ञ समूहले बाराको निजगढमै पूर्ण क्षमताको वातावरणमैत्री अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित समूहको प्रतिवेदनले काठमाडौं–तराई द्रुतमार्ग र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा र बकैया नदीबीचको करिब ९ हजार हेक्टर क्षेत्रफलभित्रको करिब ४ हजार हेक्टर क्षेत्रभित्र विमानस्थल उपयुक्त हुने भनेको छ । अब निर्माणमा ढिलाइ गर्दा लागत वृद्धि हुने भएकाले अधिकारसम्पन्न संस्था गठन गरेर त्यसमार्फत विमानस्थल निर्माण थालिहाल्न सरकारलाई सुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)