औषधि उत्पादक संघले ल्यायो ‘नेपाल फर्मा इनसाइट’
swasthyakhabar.com · Thu May 21 15:07:39 GMT 2026

काठमाडौं – नेपाल औषधि उत्पादक संघले औषधि उत्पादन क्षेत्रसँग सम्बन्धित विविध आयाम समेटिएका ‘नेपाल फर्मा इनसाइट’ प्रकाशन सुरु गरेको छ ।
संघकी क्वालिटी कन्ट्रोल प्रमुख प्रशंसा श्रेष्ठका अनुसार देश–विदेशमा भइरहेका अनुसन्धान, अध्ययन तथा विभिन्न क्षेत्रका अनुभवहरू प्रायः साझा हुन नपाउने अवस्थालाई मध्यनजर गर्दै उक्त प्रकाशन सुरु गरिएको हो । उनले ‘नेपाल फर्मा इनसाइट’मार्फत यस्ता सामग्री समेटेर फर्मा क्षेत्रका सरोकारवालालाई नियमित रूपमा डिजिटल स्वरुपमा अपडेट गराउने उद्देश्य रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)