मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

annapurnapost.com · Sat Feb 24 00:49:03 GMT 2024

फिदिम : फिदिममा सञ्चालित कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार सात विधाका खेलहरू सम्पन्न भएका छन्। महिला एकलमा मोरङकी सीमा राजवंशीले जितेकी छन्। सीमाले फाइनलमा झापाकी अञ्जना राईलाई १७–२१ २१–१५ २१–१९ को सेटमा हराउँदै उपाधि जितेकी हुन्। यस्तै, पुरुष एकलको उपाधि भोजपुरका विशाल तामाङले जितेका छन्। तामाङले सेमिफाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२–२१–१३ को सोझो सेटमा हराउँदै उपाधि जिते।

पुरुष युगलको उपाधि तेह्रथुमका विवेक कन्दवा र नवीन सिलवालको जोडीले जितेका छन्। कन्दवा र सिलवालको जोडीले भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको जोडीलाई हराउँदै उपाधि जितेका हुन्। उनीहरू २१–१६ १६–२१ र २१–१७ को सेटमा विजयी भए। महिला युगलको उपाधि खोटाङका रेनुका राई र समिता राईको जोडीले जिते। उनीहरूले सुनसरीका योगिता लिम्बू र सृष्टि राईको जोडीलाई २१–१७ २१–१२ को सेटमा जित निकाले।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)