बाह्रखरीकर्मी सेजुवालसहित सुर्खेतका नौ पत्रकार पुरस्कृत
baahrakhari.com · Sun Jun 14 10:36:56 GMT 2026

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले बाह्रखरी कर्मी विवशकुमार सेजुवालसहित नौ पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कृत गरेका हुन् ।
सेजुवाल ‘खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कार–२०८२’बाट पुरस्कृत भएका छन् । महासंघले सरसफाइका विषयमा निरन्तर कलम चलाउँदै जनचेतना अभिवृद्धिमा योगदान पुर्याएको भन्दै उक्त पुरस्कार प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)