कुलमान प्रकरणमा अन्तिम समयमा टकटकिएका गगन
barnanmedia.com · Sat Mar 08 21:38:32 GMT 2025

गगन थापा यस्ता नेता हुन्, जो अस्तिसम्म बागमती नदी किन दक्षिण बगेको भनेर निहुँ खोज्थे । अनि उत्तरतिर बग्ने कर्मनाशालाई उत्तर किन फर्केको भनेर सराप्थे । अर्थात् जे भइरहेको छ ती कुनै पनि गतिविधिको विरोध गर्थे । जुनसुकै कुराको निन्दा र भर्त्सना उनको जीवनको मूल आदर्श थियो ।
केही दिन उनी नेपाली कांग्रेस र राजकीय सत्ताको काखैमा पुगे । उनलाई शेरबहादुर देउवा जति उदात्त राजनीतिज्ञ अर्को लाग्न छोड्यो । आरजु राणा देउवा जति निष्कलंक नेता पनि उनको नजरमा अर्को रहेन । दीपक खड्काजस्ता गोरखधन्दावाल व्यापारीलाई मन्त्री बनाउन पाउनु त कांग्रेसको अहोभाग्य नै देख्न थाले । त्यसैले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारको सफलताका लागि अध्यादेश पनि उनी ब्रम्हास्त्र ठान्न पुगे । अध्यादेशका प्रत्येक पाना र अक्षरमा उनले आफ्नो देन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)