वाग्मतीबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन
barnanmedia.com · Sat Mar 08 21:42:27 GMT 2025

काठमाडौँ, २५ फागुन : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज काठमाडौँ महानगरपालिका वडा नं ३१ को अग्रसरतामा वाग्मती सफाइ गरिएको छ ।
काठमाडौँ महानगरपालिका–३१ का अध्यक्ष सरोज ढकालको नेतृत्वमा तीनकुने वडा नं ३१ को कार्यालय अगाडि वाग्मती नदीमा वडा सदस्यहरू अशोक केसी, हुमा आचार्य, वडा नागरिक समाज सञ्जालका पदाधिकारीको सफाइमा सक्रिय सहभागिता थियो । सफाइमा आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेल, आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेललगायतको सफाइमा सक्रियता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)