एसपीपीबाट फर्कन दबाब
ekantipur.com · Fri Jun 17 00:37:22 GMT 2022
काठमाडौँ — २०१९ मै परराष्ट्र सचिवको कार्यदलले नेपाल एसपीपीमा बस्न नमिल्ने निष्कर्ष दिए पनि अमेरिकालाई न तत्कालीन ओली सरकारले जानकारी दियो न वर्तमान सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धमा नेपाल र अमेरिकाबीच यसअघि नै पत्राचार भएको पुष्टि भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको स्वीकृतिमा सन् २०१५ मा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको छ भने २०१७ मा थप पत्र प्राप्त भएको दूतावासको दाबी छ । यसरी भूराजनीतिक तथा सामरिक विषयमा नेपाली पक्षको अपरिपक्व नीति फेरि उद्घाटित भएको छ । अब त्यस्तो साझेदारीमा नबस्ने भन्दै पत्राचार गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)