इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने
rajdhanidaily.com · Sun Jun 14 10:41:42 GMT 2026

काठमाडौं । इटहरीमा कोसी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन बुधबार सम्पन्न भएको हो।
एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा परियोजनाको वित्तीय समापन भएको हो। एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजना पूर्वी नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)