६.७६ प्रतिशतले घट्यो खाद्यान्न उत्पादन
himalpress.com · Sun Jun 14 10:43:33 GMT 2026

काठमाडौँ- नेपालमा खाद्यान्न तथा अन्य बालीहरूको उत्पादन ६.७६ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) खाद्यान उत्पादन घटेको हो। गत आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न तथा अन्य बाली उत्पादन १.७७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा कुल खाद्यान्न तथा बाली उत्पादनमा धानको हिस्सा सबैभन्दा ठूलो छ, जसले कुल उत्पादनको ३७.४६ प्रतिशत ओगटेको छ। त्यसपछि मकैको हिस्सा २०.४३ प्रतिशत र गहुँको १०.७५ प्रतिशत छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)