मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आफ्नै फिल्म ६ वर्ष हेर्न नसक्ने महेश

baahrakhari.com · Sat Apr 23 00:28:00 GMT 2022

काठमाडौं । सिनेमा कलेज पढिरहेका थिए । कलेजकै सिनियर र समकक्षीका सर्ट फिल्ममा भ्याइ नभ्याइ थियो । पैसा थिएन । आफ्नो काम पनि दर्शकले देख्न पाएका थिएनन् । पोखराबाट काठमाडौं फिचर फिल्म खेल्न भनेर आएका महेश (त्रिपाठी) तर किन हो, अलमलिरहेका थिए ।

फिचर फिल्म खेल्ने उत्कट चाह थिएन । चाह मारिदिएको थियो– फिचर फिल्ममा देखिने पपेटजस्ता पात्रले । कम्तीमा सर्ट फिल्ममा क्यारेक्टरको उद्देश्य के हो भन्ने थाहा हुन्थ्यो । त्यसका लागि रिसर्च र मिहिनेत हुन्थ्यो । छलफल र अध्ययन हुनथ्यो । फिचर फिल्ममा यो सब कहाँ पाउनु ! त्यसैले त उनको मन मरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)