व्यवसायीको आन्दोलनप्रति महासंघको समर्थन
abhiyandaily.com
काठमाडौं । कर्जाको ब्याजदर वृद्धि र नेपाल राष्ट्र बैंकले लागू गरेको चालू पूँजी कर्जा मार्गदर्शनलाई लिएर देशव्यापी रूपमा भएका कार्यक्रम र मागप्रति निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि समर्थन गरेको छ । केन्द्रीय बैंकका नीतिको विरोध गर्दै आएका महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघ तथा वस्तुगत संघले राखेका मागप्रति महासंघले ऐक्यबद्धता व्यक्त गरेको हो ।
महासंघको बुधवार बसेको बैठकले मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगन गर्न केन्द्रीय बैंकसँग माग गरेको छ । महासंघले हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थालाई आग्रह पनि गरेको छ । निर्वाचन सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग पुर्याउन महासंघले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)