तालिम पाएपछि महिला च्याउखेतीतर्फ आकर्षित
barnanmedia.com · Sat Mar 08 21:45:24 GMT 2025

बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन् ।
उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले रु एक लाख ५० हजारमा च्याउखेतीका लागि तालिम, बीउबिजन, प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री उपलब्ध गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)