पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर वृद्धाको मृत्यु
thahakhabar.com
झापा : झापाको अर्जुनधारामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका-३ निवासी ८२ वर्षीया गलमाया खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेर २० मिनेटमा आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा वृद्धा खडकालाई करेन्ट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)