मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्धमा अलग स्वार्थले ट्रम्प र नेतान्याहुबीच टकराव, फोनमै चर्काचर्की (भिडियो)

shilapatra.com · Thu May 21 15:14:39 GMT 2026

इरानमाथि फेरि केही दिनमै अमेरिकाले शक्तिशाली हमला गर्दै छ ? ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टिफन मिलरको भनाइ मान्ने हो भने अमेरिका इरानमाथि हमलाका लागि तयार छ । उनले परमाणु सम्झौतामा अमेरिकी सर्त नमाने आधुनिक इतिहासमै सबैभन्दा भीषण हमला हुने चेतावनी दिएका छन् । अर्कोतिर, इजरायलको बेन गुरियन विमानस्थलमा पुगेका अमेरिकी सैन्य विमानको ताँतीले पनि इरानमाथि भयानक हमलाको संकेत गर्छ ।

तर, अमेरिकाले बाहिर जसरी हमलाको धम्की दिइरहेको छ, भित्रभित्रै त्यही रफ्तारमा युद्ध छोड्ने तयारी पनि गरिरहेको छ । त्यसका लागि एउटै कुरा बाधक बनिरहेको छ, अमेरिकी स्वार्थको अहमता । किनकि बाहिर खुला हमलाको धम्की दिने ट्रम्प भित्रभित्रै सम्झौताको कामना गरिरहेका छन् । इजरायली प्रधानमन्त्रीसँग भएको चर्काचर्कीले यही कुराको संकेत गर्छ । उनीहरूबीच इरानमा फेरि हमला गर्ने वा सम्झौता गर्ने भन्ने विषयले चर्को विवाद निम्त्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)