युरिक एसिडको बाथ के हो ? के कारणले हुन्छ र कसरी निको पार्न सकिन्छ ?
aarthiknews.com · Tue Feb 15 00:45:00 GMT 2022
युरिक एसिड भनेको हाम्रो शरिरमा उत्पादन हुने एक किसिमको विकार तत्व हो । हामीले दिनहुँ सेवन गर्ने खाद्य पर्दाथ पाचन हुने क्रममा शरिरका कोषिकाहरु परिवर्तन हुने क्रममा कोशिकाहरुमा रहेको न्युक्लिक एसिड निष्क्रिय भएर (डीएनए, आरएनए) बाट युरिक एसिड बन्दछ ।
शरिरले उत्पादन भएको युरिक एसिडलाई मृगौलाको सहयोगले पिशाब मार्फत विर्सजन गर्ने गर्दछ । यसरी युरिक एसिड बन्ने र बिर्सजन गर्ने कार्यको सन्तुलन बिग्रिएर गएमा रगतमा युरिक एसिडको मात्रा बढ्दछ । सोही युरिक एसिड शरिरको जोर्नीहरुमा (मुलत बुढी औँलाको जोर्नी, गोली गाँठो, घुँडा र पछी गएर शरिरका मझौला तथा साना जोर्नीहरुमा) crystal को रुपमा गम्भिर सुजन हुने र रातो हुने अवस्थालाई नै युरिक एसिडको बाथ भनिन्छ । यसलाई अंगे्रजीमा Gout OR Gouty Arthritics भनिन्छ । वयस्कको शरिरमा प्रति १०० मिलि लिटर रगतमा ७ एमजी पुरुषमा र महिलामा ६.२ एमजीसम्म युरिक एसिडको मात्रा हुने भएकोलाई सामान्य नै मानिन्छ । महिलाहरुमा महिनावारी नरोकिन्जेलसम्म युरिक एसिडको बाथ हुने सम्भावना न्युन हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)