मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरको भिरालो जग्गामा प्लटिङ  ढिस्कोले पुरिएर दुई कामदारको मृत्यु

nayapatrikadaily.com · Sat Apr 02 00:54:00 GMT 2022

भक्तपुरमा प्लटिङको जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई कामदारले ज्यान गुमाएका छन् । चाँगुनारायण नगरपालिका– ९ ताथलीस्थित भिरालो प्लटिङमा काम गर्दागर्दै ढिस्को खसेर उनीहरू पुरिएका हुन् ।

मृत्यु हुनेमा काभ्रे नमोबुद्ध– ९ घर भएका चतुरमान लामा र चौरी–देउरालीका वर्षमान तामाङ छन् । भिरालो जमिनमा लापरबाही तरिकाले प्लटिङ गर्दा दुर्घटना भएको प्रारम्भिक छानबिनमा खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार ठूलो ढिस्कोले पुरिएका उनीहरूलाई करिब आधा घन्टापछि मात्रै निकालिएको थियो । एक्स्काभेटरले माटो पन्छाएर उनीहरूको उद्धार गरिएको थियो । तर, उद्धार हुँदासम्म उनीहरूको मृत्यु भइसकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)