युरोकप २०२० : पीडाबाट सम्हालिएको डेनमार्कको अविस्मरणीय यात्रा
nayapatrikadaily.com · Tue Jun 22 17:09:00 GMT 2021
सोमबार राति कोपेन्हेगनस्थित घरेलु मैदानमा रुसलाई ४–१ गोलअन्तरले पराजित गरेपछि डेनमार्कका खेलाडीहरूको खुसियाली सामान्य रहेन । सुरुवाती दुई खेलमा लगातार पराजय व्यहोरेको डेनमार्कलाई यो एकै खेलको नतिजाले जारी युरोकप २०२२ को प्रिक्वार्टरफाइनल चरणमा पु¥याएको थियो ।
नौ दिनअघि मात्रै यही रंगशालामा आफ्ना सहकर्मी क्रिस्टियन एरिक्सन ‘कार्डिएक एरेस्ट’ भएर मैदानमै ढलेका थिए । यस्तो डरलाग्दो घटना व्यहोरेको डेनमार्कका खेलाडीका लागि यो उपलब्धि सामान्य रहेन । त्यो पीडाबाट सम्हालिएको डेनमार्कका खेलाडी र समर्थकले सोमबार राति कोपेन्हेगनमा अविस्मरणीय क्षणको अनुभव गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)