संविधान संशोधनबारे कुन दलका नेताले कस्तो सुझाव दिए ?
onlinekhabar.com · Thu May 21 15:16:52 GMT 2026

७ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बिहीबार प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ । कार्यदलका संयोजक असिम शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न दलका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् ।
छलफलमा क्रममा उनले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा साझा बिन्दु पहिल्याउन चाहेको बताए । उनले संविधान जारी हुँदाको राजनीतिक संघर्ष, जनआन्दोलन, मधेश आन्दोलन र शहीदहरूको बलिदानमा प्राप्त उपलब्धीबारे सरकार गम्भीर रहेको पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)