लोकतन्त्र, नेता र बादशाह शैली
rajdhanidaily.com · Tue Dec 07 23:22:31 GMT 2021
मुलुकमा अहिले संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । सरकार प्रमुखको संख्या धेरै छ । तीन तहकै सरकारमा सामेल हुने सदस्यको संख्या पनि सरकारमा रहेका सबैले आ–आफ्नो क्षेत्रबाट राज्य सञ्चालनको अनुभूति गरिरहेका छन् । सरकारमा रहेका सबैले छोटे बडे भए पनि आफ्नो क्षेत्रको शासक आफैँ हुँ भन्ने ठान्छन् । संघीय सरकारको प्रमुख वा कार्यकारी प्रधानमन्त्रीले त मातहतका सबै राजा आफू उनीहरूको पनि राजा वा बादशाह ठान्ने गरेको अनुभूति भइसकेको छ । सम्राट वा बादशाहको लिस्टको खाता खोल्ने पहिलो व्यक्ति पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बनेका छन् । यस सन्दर्भमा पनि उनी देशकै पहिलो बने । त्यो लिस्टमा भविष्यमा ककसको नाम चढ्छ अहिले भन्न सकिन्न । केपी शर्मा ओलीलाई लगाइएको यो अनर्गल आक्षेप होइन उनकै विगतको कार्यशैलीले प्रमाणित गरेको तथ्य हो ।
हुन त विधिवत् रूपमै संघीय शासन व्यवस्था स्थापित हुनासाथ एउटा राजाको विलय सँगसँगै, सयौँ राजाको उदय भयो, एउटै राजा देशको सेतो हात्ती थिए अहिले त सयौँ सेता हात्ती आए । विपन्न जनताले कसरी पाल्ने भन्ने प्रतिक्रिया सर्वसाधारणबाटै नआएको पनि होइन । अहिले पनि यो भनाइ चर्चाकै विषय बनिरहेको छ । सर्वसाधारण व्यक्तिको यो प्रतिक्रिया केपी शर्मा ओलीको कार्यकालमा सत्य साबित भयो । तीन तहकै सरकारमा रहेका राजाहरूलाई नै राज्यका ऐन कानुनले छुँदैन भने केन्द्रमा आसिन सम्राटलाई कानुन लाग्ने त कुरै हुँदैन । बादशाहले बोलेपछि कानुन निष्क्रिय बन्ने, कानुन निर्माण गर्न बोलिदिए पुग्ने, बादशाहले गर्ने सबै स्वेच्छाचारी कार्यले विधिसम्मत मान्यता पाउने, बादशाहको बोलीलाई सबैले लालमोहरसरह मान्नैपर्ने, बादशाहको आदेश दल र जनताको आदेश ठानिने मान्यतालाई केपी शर्मा ओलीले व्यवहारमा स्थापित गराए । उनको यही कार्यशैलीले उनलाई लोकतन्त्रको पहिलो बादशाह बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)